दफा १०
समिति गठन गर्ने
यो ऐन वा प्रचलित नेपाल कानून बमोजिम लाग्ने कर निश्चित गर्नको लागि सवारी साधनको किसिम, स्तर वा क्षमता छुट्याउन समय समयमा आवश्यकता अनुसार नेपाल सरकारले समिति गठन गर्न सक्नेछ । उक्त समितिका सदस्यहरु, काम कारवाई र कार्यविधि गठन आदेशमा तोकिएबमोजिम हुनेछ ।